सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज बिहान ७ बजे थाइ एयर एसियाको एअर बस ए तीन ३२० अवतरण गरेको छ । पहिलो उडानमा विमानका चालक दलका सातजना सदस्यहरु मात्र आएको छन् । यो तालिका अनुसारकै उडान हो । अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने थाई एयर एसियाले जनाएको छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने छ । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको दुई दिन उडान गर्ने तयारी गरेको छ । थाइ एअर एसियाको केही दिनअघि मात्र भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपियाँ रहेको छ । एअर एसियाको यो विमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।