सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले यही कात्तिक २३ गतेदेखि यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने जानकारी गराएका हुन् ।
युवालाई रोजगारीको सुनिश्चितता ,योग्यता र सीप अनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा वर्षेनी लाखौं नेपाली युवा विदेशिन बाध्य भएका,स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दवावको अगुवाई गर्ने उनको विश्वास छ । साथै उनले देशमा पटक पटक राजनीतिक परिवर्तन भएपनि पनि जनताको जिवन शैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार रहेको भन्दै यात्रा मार्फत तीनै तहका सरकारका व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने पनि बताए ।