मौसम पूर्वानुमान : कोशी र गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

बुधबार, कात्तिक २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकीभूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार