अपेक्षा गरिएका राज्यमा ट्रम्प र ह्यारिसको प्रारम्भिक जित, कसले रच्ला इतिहास

बुधबार, कात्तिक २१, २०८१

अपेक्षा गरिए जस्तै डोनल्ड ट्रम्पले टेक्सस र फ्लोरिडामा जित हासिल गरेको प्रक्षेपण गरिएको छ। कमला ह्यारिसले न्यूयोर्क र म्यासचूसिट्समा जित हासिल गरेको प्रक्षेपण गरिएको छ। चुनावको परिणाम घोषणा गर्न महत्त्वपूर्ण हुने ठानिएका 'स्विङ स्टेट'हरूमा पनि मतदान सम्पन्न भएको छ। तर त्यहाँ कस्तो परिणाम आउँछ भन्न सकिने स्थिति छैन।यो निर्वाचनमा राष्ट्रपति पदका अतिरिक्त संसद्का दुवै सदनमा कसको नियन्त्रण रहन्छ भन्ने विषय निर्धारण गर्न पनि मतदान भएको छ र रिपब्लिकनहरूले वेस्ट भर्जिनिआको महत्त्वपूर्ण सिनेट सीट आफ्नो पक्षमा पार्न सक्ने अनुमान गरिएको छ। सात स्विङ स्टेटहरूमध्ये जोर्जा र नोर्थ क्यारलाइनामा मतगणना सुरु भएको छ। एरिजोना, मिशिगन र विस्कन्सिनमा मतदान सम्पन्न भएका विवरणहरू आएका छन्। स्विङ स्टेटमध्ये पेन्सिल्भेनिआमा सर्वाधिक मतभार छ। त्यहाँका अधिकारीहरूले सर्वसाधारण मानिसलाई धैर्य अपनाउन भनेका छन्। सर्वाधिक जनसङ्ख्या रहेको क्यालिफोर्नियासहित कतिपय पश्चिमी राज्यहरूमा अझै मतदान भइरहेको छ। यदि कमला ह्यारिस निर्वाचित भएको खण्डमा उनी पहिलो अमेरिकी महिला राष्ट्रपति बन्ने छिन्। डोनल्ड ट्रम्पले चुनाव जितेको खण्डमा एउटा निर्वाचनमा पराजित भएर पुनः चार वर्षपछि सत्तामा फर्कने उनी एक शताब्दीभन्दा बढी समययताका पहिलो राष्ट्रपति बन्ने छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार