सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । २०५२ साल असोज २७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो। त्यही मन्त्रिपरिषदमा गृहराज्यमन्त्री थिए( दीपक बास्कोटा। पञ्चायतविरुद्ध लाग्दा जेलयात्रासम्म तय गरेका बास्कोटा २०५१ मा पाँचथरबाट चुनाव जितेर आएपछि सिंहदरवारस्थित गृहमन्त्रालयसम्म पुगेका थिए। २०५३ फागुन २९ सम्म सिंहदरवारबाट देशलाई नियालेका उनै बास्कोटा यतिबेला भने राजनीतिमा निष्क्रियप्रायस् छन्। आध्यात्मिक यात्रामा जुटेका उनी यतिबेला अतिरुद्रि महायज्ञको व्यवस्थापनमा खटिएका छन्। सहकारीको जरोकिलो केलाएका पूर्वमन्त्रीले राजनीतिलाई विश्राम गरेर धार्मिकरआध्यात्मिक गतिविधिमा आफूलाई तल्लीन गराएका हुन्। जेलमा रहेकै बेला आफू अध्यात्मतर्फ मोडिएको उनको भनाइ छ। २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि जेलबाट निस्किएका उनले पहिलो सार्वजनिक वक्तव्यमा नै आफू अब आध्यात्मिक बनेको उनले बताएका थिए। ुम आज जेलबाट निस्कँदा पूर्ण आध्यात्मिक भएर निस्किएको छु,ु जेल बसाइका क्रममा आफूमा आएको आध्यात्मिक परिवर्तनबारे उनले भनेको सम्झन्छन्, ुआफ्नो व्यवसायमा पूर्णता प्राप्त गर्न चाहन्छ भने कम्तीमा पनि अध्यात्मको ज्ञान आवश्यक हुने रहेछ। आध्यात्मिक ज्ञान बिना कुनै पनि पेसामा पूर्ण सफलता प्राप्त गर्न सकिन्न।ु जेलबाट सुरु गरेको आध्यात्मिक ज्ञानको खोजीलाई खुला राजनीतिका क्रममा पनि उनले निरन्तरता दिए। ुविस्तारै यसैको अध्ययनमा लागेँ। राजनीतिमा लागेर म मन्त्रीसम्म बनेँ। तर यहाँबाट केही गर्न सकिन्छ जस्तो मलाई लागेन,ु बास्कोटा थप्छन्, ुकेही परिवर्तन गर्न सकिएला जस्तो लागेन। त्यही भएर म आध्यात्मतर्फ मोडिएको हुँ। समाज परिवर्तन गर्नु, नेपाललाई समृद्ध बनाउँदै विश्वमा शान्ति स्थापना गर्ने महान् उद्देश्यले यसपालि काठमाडौँमा अतिरुद्री विराट महायज्ञ आयोजना गरिएको हो।ु