सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शान्ति प्राप्त गर्ने उद्देश्यका साथ गोदावरी नगरपालिकाले योगलाई अगाडि बढाएको बताएका छन् । बिहीबार गोदावरी नगरपालिकामा आयोजित ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ भन्ने कार्यक्रममा उनले विकास र परिवर्तनको साथै दुख, कष्ट पनि बढि रहेको भन्दै यसको अन्त्यको लागि योगको बाटोमा लाग्नु पर्ने बताएका हुन् । उनले भने, ‘हामी जति विकासको बाटोमा अगाडि बढिरहेका छौ । जति परिवर्तनशिल भइरहेका छौ । त्यो परिवर्तनसँगै हामी आफ्नो दुख, कष्ट पनि बढाई रहेका छौ । त्यसकारण यसको अन्त्य गर्नको लागि हामी मनदेखि नै शान्त र सुखि हुनुपर्छ । योगले मात्र हामी स्वस्थ रहन सक्छौ र शान्ति प्राप्त गर्न सक्छौ भन्ने उद्देश्यका साथ गोदावरी नगरपालिका अगाडि बढि रहेको छ ।’
यसको साथै, जबसम्म हाम्रो मनमा शान्ति हुदैँन् तबसम्म बाहिरी शान्ति खोजेर मात्र सुख पाउन नसक्ने पनि उनको भनाई छ । उनले भने, ‘हामी सबैको चहाना भनेको सुख, शान्ति नै हो तर यो सुख, शान्ति आफूभित्र नखोजेर बाहिर मात्र खोजि रहेका हुन्छौ । जब सम्म हाम्रो मनमा शान्ति हुँदैन् हामीले बाहिर खोजेर मात्र सुख पाउन सक्दैनौ । त्यसकारण यसको उपाय भनेको योग, ध्यान र साधना नै हो ।’ गोदावरी नगरपालिका र वडा कार्यालय ३ को आयोजनामा टौखेल जीवनयोग प्रयोगशालाको सहयोगमा र जीवन विज्ञान परिषद् ललितपुरको सहकार्यमा नेपालबाट सुरूभई विश्वभर फैलँदै गएको योग–ध्यान विधिमा आधारित ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ भन्ने कार्यक्रमको आयोजना गरेको हो ।