सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित 

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो । न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका दुई न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । शुक्रबार नै उनीहरूको सुनुवाइ गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार