सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बाढी पहिरोको क्षतिको हालसम्म सवा ४७ करोड रुपैयाँ भुक्तानी गरेका छन् । गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण भएको क्षति वापत कम्पनीहरुमा साढे १० अर्ब रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २१ गतेसम्म २८ बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमध्ये कम्पनीहरुले ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेका हुन् । यस अवधिमा कम्पनीले ६३७ वटा दाबीमा सो रकम बराबरको भुक्तानी गरेका हुन् । तथापी उक्त रकम आंशिक अग्रिम दावी भुक्तानी मात्रै हो । पूर्ण तथा अन्तिम दावी भुक्तानी भने सर्भेयरको अन्तिम प्रतिवेदन आएपछि मात्रै हुनेछ । प्राधिकरणका अनुसार यस अवधिमा गतेसम्म १४ वटा निर्जीवव बीमा कम्पनी चार वटा निर्जीवन लघु बीमा कम्पनी गरी ३ हजार ४६० वटा दाबी परेका छन् ।
वर्षाका कारण निम्तिएको बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथै नागरिकको घर, सम्पत्ति तथा संरचनाहरू समेत अर्बौको हानीनोक्सानी भएको छ । यस अवधिमा समग्र बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीले ३४८ वटा दाबीको २५ करोड १९ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको हो । प्राधिकरणका अनुसार हालसम्म हिमालयन एभरेष्ट इन्स्योन्सले ३५ वटा दाबी वापतको तीन करोड ५५ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले २८ वटा दाबी वापत २ करोड ३४ लाख ९३ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियलले एक करोड २५ लाख ४७ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चार करोड ३८ लाख २१ हजार, सिद्धर्थ प्रिमियरले सात करोड ६७ लाख ६५ हजार रुपैयाँ र सानिमा जीआईसीले ७८ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।