खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतामा :  प्रदेश मन्त्री महर्जन 

शनिबार, कात्तिक २४, २०८१

मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ चैनपुरमा आयोजित दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित नागरिक तयार गरी राष्ट्रिय एकता र राष्ट्रिय गौरव बढाउन मन्त्रालयले प्राथमिकता दिएको बताए ।  उनले युवाको आकर्षण बढ्दै गएको खेल क्षेत्रको संरक्षण र विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउन प्रयासरत रहेको उल्लेख गरे ।
सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारका लागि लागिपरेको उनको भनाइ छ ।  उनले भने, ‘बागमती प्रदेशको खेलकुद मन्त्रालयको जिम्मा लिएसँगै खेलकुद क्षेत्रमा लागू औषध दुर्वेसनीलाई निम्न बनाउन खोजिरहेको छु र खेलकुद पूर्वाधार विकासमा म अभिरात्र खटिरहेको छु ।’

Photo-(3)-(3)-1731118311.jpeg
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार