सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । आइतबार नगर र जिल्ला कार्यसमितिको बैठकले प्रेम लामा भ्लोनलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थानीय निवासी रहेका भ्लोन विभिन्न समाजसेवी कार्यहरूमा पनि सहभागिता जनाउँदै आइरहेको राप्रपा नगर अध्यक्ष अरुण लामाले जानकारी दिए । उक्त रिक्त रहेको पदमा राप्रपाले बहुमत ल्याएर वडा अध्यक्षको कब्जा गर्ने नगर अध्यक्ष अरुण लामाको दाबी छ ।