सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं । सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन् । उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन् । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबार न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार