विद्यार्थीहरूलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ शैक्षिक मेला आयोजना गरिने

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आगामी नोभेम्बर ११ देखि २१ सम्म ९ वटा प्रमुख शहरहरूमा आयोजना गरिने जनाएको हो ।  यो शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया, र युरोपका अन्य विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधिहरु प्रत्यक्ष रुपमा सहभागी हुनेछन् । २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी परामर्श लिन सक्ने व्यवस्था गरिएको छ । यसले विद्यार्थीहरुलाई आफ्नो भविष्यको शैक्षिक यात्रा सहज बनाउने अवसर प्रदान गर्ने समेत ग्रेस इन्टरनेशनले जनाएको छ । साथै सहभागी विद्यार्थीहरुका लागि विशेष स्पट एडमिसन सुविधा र विभिन्न शैक्षिक संस्थाहरुबाट अधिकतम छात्रवृत्ति अवसर उपलब्ध गराइने समेत जनाएको छ ।
कार्यक्रमलाई थप प्रेरणादायी बनाउन नेपालका स्टार क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीको उपस्थितिसमेत रहने छ । ग्रेस इन्टरनेशनल ग्रुपका संस्थापक निर्देशक एन्डु पौडेलका अनुसार, एडुभर्स २०२४ मा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता अपेक्षित रहेको बताए । यस कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न देशहरूमा अध्ययन गर्न र आफ्नो शैक्षिक भविष्य निर्माण गर्न अझ स्पष्ट जानकारी र सही निर्णय लिन सहयोग गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार