राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार