२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे 

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई अदालतमा उपस्थित गराइएको हो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोशाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभ¥याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो । 
Deepak-Manange-2-1731427757.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार