दुई ब्रोकर एसोसिएशनबीच मर्जर 

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं । दुई वटा ब्रोकर एसोसिएशन मर्ज भएका छन् । स्टक ब्रोकर एसोसिएशन नेपाल र धितोपत्र ब्रोकर एसोसिएशन लिमिटेड मर्ज भएका हुन् । दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि बुधबार समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो ।  समझदारी पत्रमा स्टक ब्रोकर एसोसिएशन नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एसोसिएन लिमिटेडका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात नयाँ संगठनको नाम स्टक ब्रोकर्स एसोसिएशन अफ नेपाल कायम भएको छ । सम्झौता अनुसार अब धितोपत्र ब्रोकर्स एसोसिएशन नेपालका सदस्यलाई स्टक ब्रोकर्स एसोसिएशन अफ नेपालमा एकमुष्ट सदस्यता प्रदान गरिने छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार