सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार दिउँसो बयान लिएको छ । सीआईबीका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि साढे पाँच बजेसम्म गुरुङका बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ । प्रवक्ता बोगटीले भने, “आज १२ बजेदेखि साढे ५ बजेसम्म कागज गरेको हो । उहाँको बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।” कांग्रेस उपसभापति गुरुङ सहकारी ठगी प्रकरणमा विवादमा परेका छन् ।