सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । पशु कल्याण संघ नेपालले विश्वशान्ति तथा पशु कल्याणका लागि पशुबलीविरुद्ध भोलि शुक्रबार शान्तिपूर्ण पदयात्रा गर्ने भएको छ । बिहान ८ बजे ललितपुरको जावलाखेलबाट सुरु हुने पदयात्रामा सबैलाई सहभागी हुन् पशु कल्याण संघ नेपालले आह्वान गरेको छ । पशु कल्याण, शान्ति र अहिंसाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको विशेष पहलमा पशुबलीविरुद्ध शान्तिपूर्ण पदयात्रा गर्न लागिएको हो । जावलाखेल चोकबाट सुरु हुने पदयात्रा कुमारीपाटी, लगनखेल, मंगलबजार, बगलामुखी, शंखमूल हुँदै नयाँ वानेश्वरस्थित एभरेष्ट होटेल अगाडि पुगेर समापन हुनेछ । पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुबलीकोविरुद्ध आम नागरिकलाई सचेत बनाउन पदयात्रा आयोजना गरेको जानकारी दिइन् । उनले भनिन्, ‘पशुबलीलाई निरुत्साहित गर्दै अन्त्य गर्न हामीले पदयात्रा राखेका हौँ ,सबैलाई सहभागी हुन अनुरोध गर्छु ।’ संघकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुबलीको विकल्पमा नरिवल वा भेटी चढाउन आग्रह गरेकी छन् । यो पदयात्रा असोजको ११ र १२ गते नै आयोजना गर्ने गरी तय भएपनि त्यतिबेला परेको भीषण वर्षाका कारण पदयात्रा रोकिएको थियो । यसैबीच संघले डेढ महिना अघि बारामा पशुबलीविरुद्ध पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा हजारौंको सहभागिता रहेको थियो । प्रत्येक पाँच वर्षमा बारा जिल्लाको गढीमाईमा लाग्ने मेला यो वर्ष मंसिर महिनामा लाग्दैछ । मेलामा हजारौं पशुलाई मनोकामना पूरा हुने विश्वासमा बली दिइन्छ ।