गण्डकी प्रदेशकी सांसद गौचनको निधन 

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराति उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको  गएराति नै निधन भएको हो । डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको  पारिवारिक स्रोतले जनाएको छ । उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार