सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. २७ स्थित सुनाकोठी कभर्ड हलमा आजदेखि दोस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा सुनाकोठी ब्याडमिन्टन क्लबले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा डबल्स क्याटोगरीका (महिला र पुरुष) गरी १५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको ललितपुर महानगर पालिका २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनले पानसमा बत्ती बालेर उद्घाटन उद्घाटन गर्नुभयो । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ तथा आयोजक क्लबले तय गरेको नियम अनुसार खेलाइने क्लबका अध्यक्ष राकेश महर्जनले जानकारी दिनुभयो । प्रतियोगिताका प्रारम्भिक खेल लेग चरण तथा सेमिफाइनल नक आउट प्रणालीमा खेलाइने छ ।
खेल तालिका क्बलले निर्धारण गरेअनुसार हुनेछ । खेल अवधिमा वार्मअफको समय रेफ्रीले निर्धारण गरेअनुसार हुने तथा प्रतियोगितामा कुनै विवाद आए त्यसको अन्तिम निर्णय रेफ्री तथा क्लबले गर्ने पनि अध्यक्ष महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा खेलाडीले लगाउने जर्सी तथा खेल सामग्री ब्याडमिन्टन बल्र्ड फेडेरेशन तथा नेपाल ब्याडमिन्टन संघले निर्धारण गरेअनुसारका हुने पनि खेल उद्घाटनका क्रममा जानकारी गराइएको थियो । यसअघि खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनले टिम वर्कबाट नै प्रतियोगिता आयोजना गर्न सकिएको जानकारी दिँदै आगामी दिनमा महानगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने विषयमा गम्भीर हुने खेलाडी तथा क्लबका पदाधिकारीहरुलाई आह्वान गर्नुभयो ।
आफू वडामा निर्वाचित भएर आएदेखि नै खेल क्षेत्रलाई प्राथमिकता दिएको उहाँले चर्चा गर्नुभयो । प्रतियोगितामा वडा सदस्य निरोज महर्जनले रेफ्रीलाई कक हस्तान्तरण गर्नुका साथै खेल खेलेर सुरुवात गरिएको थियो । प्रतियोगिताको प्रारम्भिक चरणको खेलमा वडाअध्यक्ष कृष्णहरि महर्जन तथा बागमती प्रदेशसभाका पूर्वसदस्य राजकाजी महर्जनको टिमले विजयी सुरुवात गरेको छ । सुनाकोठी ब्याडमिन्टन क्लबले यो आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण हो । प्रतियोगिामा ३० जना खेलाडी सहभागी भएका छन् । क्लबमा युवादेखि ६२ वर्ष उमेरसम्ममा गरी ३५ जना खेलाडी सदस्य रहेका छन् ।