आजदेखि महालक्ष्मी ९ नं. वडामा दोश्रो राष्ट्रब्यापी वडा अध्यक्ष कप चेस प्रतियोगिता 

बिहीबार, कात्तिक २९, २०८१

लामाटार (ललितपुर) । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ९ मा आजदेखि दोश्रो वडा अध्यक्ष कप राष्ट्रब्यापी र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सञ्चालन हुँदैछ ।  शशम्भू चौरस्थित सभाहलमा दोश्रो पटक हुन गइरहेको चेस प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको वडाअध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयाे ।  प्रतियोगितामा नेपालका १०० जना राष्ट्रिय शीर्ष खेलाडीले सहभागी रहने छन् । 
वडा कार्यालयले युवा जनशक्तिलाई सत् मार्गमा डोहोयाउन बुद्धिचालसहित ६ वटा अन्य खेलको बार्षिक रुपमा आयोजना गरिने वडाअध्यक्ष बोगटीले जानकारी दिनु भएकाे छ । सामाजिक उत्तरदायित्व बहन गर्ने अभियानमा वडाले चेस खेलको निम्ति ४ लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयाे । प्रतियोगिताका विजयी खेलाडीले आकर्षक ट्रफि, प्रमाणपत्र, मेडल र नगद २५ हजार प्राप्त गर्ने छन् । द्वितीय स्थानमा रहने खेलाडीले मेडल, प्रमाणपत्र र नगद १५ हजार, तृतीय हुनेले मेडफ, प्रमाणपत्र र नगद १० हजार प्राप्त गर्नेछन् । चौथो हुनेले नगद ८ हजार, पाँचौ तथा छैटौंले समान नगद ६ हजार ५ सय र सातौं देखि दशौंसम्म अटाउनेले समान नगद ४ हजार जनही हात पार्ने छन् । यसैगरी उत्कृष्ट महिला तीन जनाले नगद ६ हजार, उत्कृष्ट २ जना नव प्रवेशी, उत्कृष्ट ५५ वर्ष माथिका २ जना भेट्रान, उत्कृष्ट १८ सय रेटेड २ जना , उत्कृष्ट १६ सय रेटेड २ जना, उत्कृष्ट युवा १२, १४, १६, १८ वर्षका दुई दुई जना, उत्कृष्ट ललितपुरका दुई जना र उत्कृष्ट महालक्ष्मी नगरका दुई जना गरि ३३ जना खेलाडीले पुरस्कार पाउने छन् । 

ward-9-1731636193.jpg

वडा सदस्य शशिधर पोखरेलका अनुसार राष्ट्रब्यापी चेस दुई दिनसम्म चल्नेछ । दोश्रो वडा कप चेस प्रतियोगितावाट स्थानीय विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी छुट्टै पुरस्कारसहित खेलको आयोजना हुने उहाँले बताउनुभयाे । राष्ट्रिय निर्णायक एफए सोराज ताम्राकारका अनुसार प्रतियोगीता स्वीस लिग अन्तर्गत पहिलो दिन ५ चरणको खेल हुने र दोश्रो दिन ४ चरणको गरी ९ चरणको खेल सञ्चालन गरिने छ । प्रत्येक खेलाडीले १५ मिनेट समय प्राप्त गर्ने छन् भने हरेक चालमा १० सेकेण्ड समय थप पाउने छन् । र्‍यापिड चेस विधा निकै प्रतिस्पर्धात्मक हुने भएको हुँदा डिरेक्ट ईन्काउन्टर, बुकोल्ज्स् कट वान, कट टु , मोष्ट वीन र ब्लाक वीन नियम लागु गरिने छ । विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडेरेशन र नेपाल बुद्धिचाल महासंघले मान्यता प्रदान गरिएको प्रतियोगिताको फिडे इभेण्ट कोड ३९७५९४ रहेको छ ।

jaya-1731636193.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार