आजको मौसम : अधिकांश भागमा मौसम सफा रहने

शुक्रबार, कात्तिक ३०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।  गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले जनाएको छ । साथै तराईका केही भागमा भने बाक्लो हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।  त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा नै रहने छ । आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु लाग्नसक्ने भएको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले  सतर्कता अपनाउन सम्बद्ध सबैमा विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार