सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको ५५५औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । काठमाडौं कुपन्डोलमा रहेको गुरुद्वार गुरुनानक संत्सग समितिले विशेष समारोहका आयोजना गरेर नेपाल रहेका अल्पसंख्यक शिख समुदायको योगदान र समस्याका विषयमा चर्चा गरेका छन् । सयौंको संख्यामा भेला भएका शिख समुदायका व्यक्ति एवम शुभेच्छुकहरुले गुरु नानकलाई स्मरण गरे । गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका हुन् । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानक हुन् । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गरेका थिए । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उनी विश्वास गर्थे । शुक्रबार उनको जन्मजयन्तीको अवसरमा ललितपुरको कुपण्डोलमा आयोजित धार्मिक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपध्यक्ष नारायणकाजी श्रेष्ठ, पुर्व सांसद् नवराज सिलवाल, पूर्वमन्त्री रञ्जिता चौधरी लगायतले शिख समुदायका समस्या र योगदानका विषयमा चर्चा गरेका थिए । उपस्थित राजनीतिज्ञहरुले शिख सम्प्रदायको संरक्षण र हक हितको प्रवध्र्दनका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा शिख समुदायका अगुवाहरुले नेपालमा गुरु नानकको रुपमा रहेका मठको जग्गा अतिक्रमण भएको, ऐतिहासिक स्थलहरुको संरक्षण नभएको, अल्पसंख्यक शिख समुदायका नागरिकता लगायत अन्य व्यवहारिक समस्याहरुको राज्यबाट सम्बोधन नभएको गुनासो गरे । नानकका शिष्यहरु आफ्नो गुरु बसेर ध्यान गरेर स्थानहरु संरक्षणमा लाग्न नेताहरुले आग्रह गरेका थिए ।