सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. २७ स्थित सुनाकोठी कभर्ड हलमा आयोजित दोस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा सुनाकोठी ब्याडमिन्टन क्लबले गत विहीबारदेखि उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा डबल्स क्याटोगरीका (महिला र पुरुष) गरी १५ वटा टिमको सहभागिता रहेको थियो । शनिबार बिहान भएको प्रतियोगिताको फाइनल खेलमा वडाअध्यक्ष कृष्णहरि महर्जन तथा पूर्ण महर्जनको टिम प्रथम भएको छ ।
वडाअध्यक्ष महर्जनको टिमले मदन महर्जन तथा निरोज महर्जनको टिमलाई २१–१२ तथा २१–१३ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । यस्तै प्रतियोगितामा मदन महर्जन र निरोज महजर्न उपविजेता बने भने जयराम महर्जनज र कृष्णगोपाल महर्जनको टोलीले गोपाल महर्जन र नन्दबहादुर महर्जनको टोलीलाई पराजित गर्दै तृतिया स्थान हासिल गरेको छ । प्रतियोगिताका विजयी खेलाडीलाई बागमती प्रदेश सभाका पूर्वसदस्य दिपेश महर्जनले शील्ड तथा प्रमाणपत्र वितरण गनु भयो । यस्तै वडाअध्यक्ष कृष्णहरि महर्जनले द्धितीय तथा तृतीय हुने टिमका खेलाडीलाई प्रमाणपत्र हस्तान्तरणा गर्नुभयो । प्रतियोगिताका विजयी टोलीका खेलाडीलाई शील्ड हस्तान्तरण गर्दै पूर्वसांसद दिपेश महर्जनले खेल क्षेत्रको महत्वका बारेमा प्रकाश पार्दै खेलकुदले मानिसलाई अनुशासित हुन सिकाउने बताए ।
यस्तै खेलाडीलाई प्रमाणत्रपत्र वितरण गर्दै वडाअध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठी ब्याडमिन्टन क्लबलाई नियमित रुपमा खेलकुद प्रतियोगिता आयोजना गर्न सुझाव दिँदै ब्याडमिन्टन खेलका बारेमा प्रशिक्षण दिनका लागि आफूहरू लागि पर्ने बताउनुभयो । यसअघि गत विहिबार प्रतियोगिताको पानसमा बत्ती बालेर ललितपुर महानगर पालिका २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनले उद्घाटन गर्नुभएको थियो । नेपाल ब्याडमिन्टन संघ तथा आयोजक क्लबले तय गरेको नियम अनुसार प्रतियोगिता खेलाइएको क्लबका अध्यक्ष राकेश महर्जनले जानकारी दिनुभयो । सुनाकोठी ब्याडमिन्टन क्लबले यो आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण हो । प्रतियोगिामा ३० जना खेलाडी सहभागी भएका भएका थिए । क्लबमा युवादेखि ६२ वर्ष उमेरसम्ममा गरी ३५ जना खेलाडी सदस्य रहेका छन् ।