सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंमा जारी १६ औं संस्करणको टिआई अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । प्रतियोगिता अन्तर्गत छैटौं दिनको खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो । ब्वाइजतर्फ टिआईए ए र सेव, निम्स र एचएचसीए, ज्ञान निकेतन र ज्ञानोदय तथा भ्याली पब्लिक र ग्रीनल्याण्ड अन्तिम ८ मा पुगेका हुन् । यसैगरी गल्सतर्फ भ्याली पब्लिक र डेफोडिल, निम्स र हिमरश्मी, दिक्षालय र भक्तपुर निष्टका साथै एनसीसीएस र ग्रीनल्याण्डले पनि अन्तिम ८ मा स्थान बनाएका हुन् । शनिबार भएको समूह चरणको खेलमा सेब विजयी भएको छ । ब्वाइजतर्फ सेबले बीएनएलाई ३८–१९ को स्कोर गरेको थियो । यो खेलमा पाल्टेन तामाङले सर्वाधिक १० स्कोर गरेका थिए । अर्को खेलमा ग्रीनल्याण्डले गेटवेलाई ७२–५२ को स्कोरमा पराजित गरेको छ । ग्रीनल्याण्डका प्रविण गुरुङले सर्वाधिक २५ स्कोर गरे । त्यसैगरी भ्याली पब्लिकले निस्टलाई ३३–२२ को स्कोरमा पराजित गरेको छ । निष्टका अनिमेष अधिकारीले सर्वाधिक स्कोर गरिन् । यसैगरी गल्सतर्फ काष्टमण्डपलाई ग्रीनल्याण्डले २९–२१ को स्कोरमा पराजित गर्न सफल भयो । यसमा विहानी राईले १० स्कोर गरिन् । त्यसैगरी निष्टले हिमरश्मीलाई ३७–२१ को स्कोरले पराजित गरेको छ । खुसी अधिकारीले सर्वाधिक ६ स्कोर गरिन् । चाँदवाघलेले आयोजक टोली टिआइएलाई पराजित गरेको छ । चाँदवागले टिआईएलाई १७–१३ को स्कोरमा पछि पारेको हो । ऐश्वर्याले सर्वाधिक ६ स्कोर गरिन् । त्यस्तै अर्को खेलमा टिआइएको बी टिम पनि पराजित भएको छ । टिआइए बी दिक्षालयसँग १५–२२ को स्कोरमा पराजित भएको हो । पुष्पा शेर्पाले ८ स्कोर गरिन् । शनिबारको खेलसँगै अन्तर विद्यालय बास्केटबलको क्वाटरफाइनल पुग्ने टिमको पनि टुंगो लागेको छ । प्रतियोगिता अन्तर्गत स्टाफतर्फ चेल्सी, मिल्सवेरी, भ्याली पब्लिक र टिआइए सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेल सोमबार हुने छ ।