सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ स्थित चोकिन टोलमा सुनागुथि पुस्तकालय एण्ड इन्फोटेक सेन्टर स्थापना भएको छ । योर्स ह्युमनली नेपाल र वडा २७ सुनागुथिको संयुक्त सहकार्यमा सनागुथि पुस्तकालय एण्ड इन्फोटेक सेन्टरको स्थापना गरिएको हो ।
सनागुथि पुस्तकालय एण्ड इन्फोटेक सेन्टरको प्रमुख अतिथि संविधान सभा सदस्य राजकाजी महर्जनले उद्घाटन गर्नुभयो । योर्स ह्युमनली नेपाल भिम आर्चायको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा वडा अध्यक्ष कृष्ण हरि महर्जन, वडा सदस्य (विकास तथा सुशासन समितिका संयोजक) निरोज महर्जन, महिला वडासदस्य रामदेवी महर्जन, बालकुमारी माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यकुमार राई, सोही विद्यालयका शिक्षक जयराम महर्जन, पुस्तकालायका सल्लाकार एवंम संस्थापकहरुको उपस्थिति रहेको थियो । पुस्तकालय तथा इन्फोटेक सेन्टर उदघाटन सत्रमा प्रमुख अतिथि राजकाजी महर्जनले बालबालिकाको चौतर्फी विकासका लागि पुस्तकालय तथा यो सेन्टरले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसको लाभलिन स्थानीयलाई आह्वान गर्नुभयो । उहाँले वार्षिक रुपमा बाल मेला आयोजना गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा वडा सदस्य निरोज महर्जनले वडावासीले तिरेको करबाट नै यस्तो केन्द्रहरु सञ्चालन हुने बताउँदै अभिभावकहरुले यस्ता केन्द्रमा बालबालिका छोरा÷छोरी पठाएर पूर्ण लाभ लिन आह्वान गर्नुभयो । पुस्तकालयमा प्रारम्भिक चरण सबै बर्गलाई हुने करिब ५ सय पुस्तकहरु रहेका छन् । पुस्तकालय उपयोगका लागि वार्षिक तथा आजिवन सदस्य बन्न पाउने व्यवस्था गरिएको छ । सूचना प्रविधि तथा कम्पुटर सम्बन्धि विविध तालिम सञ्चालन गरी बजारमा विक्न सक्ने जनशक्ति उत्पादन गर्ने सेन्टरको उद्देश्य रहेको वडा सदस्य निरोज महर्जनले जानकारी दिनुभयो । सुनागुथि पुस्तकालय एण्ड इन्फोटेक सेन्टर उद्घाटन समारोहसँगै पुस्तकालाय तथा सेन्टर सञ्चालनका लागि नयाँ कार्यसमिमित पनि चयन गरिरएको छ । कार्यसमिति संरक्षक : निरोज महर्जन अध्यक्ष : राज राजेश्वर महर्जन उपाध्यक्ष : अनिल महर्जन सचिव : गुजेश्वरी महर्जन सह-सचिव : बिजेन महर्जन कोषाध्यक्ष : अलिदा महर्जन सह-कोषाध्यक्ष : सृजना महर्जन सदस्य : रेग्ना महर्जन सदस्य : पुर्णा राई सदस्य : प्रेम राज महर्जन