आजको फलफूल तथा तरकारीको मूल्य 

सोमबार, मंसिर ३, २०८१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५७, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  छ । यसैगरी भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ३० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य ४० रुपैयाँ  छ । तोरिको साग ५० ,पालूगो साग ६० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ । त्यस्तै,लोकल गाजर १५० रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार