आइकुको नयाँ फोनहरु नियो १० र १०प्रो : विशेषताहरू

सोमबार, मंसिर ३, २०८१

काठमाडौं । आइकुले आफ्नो नयाँ स्मार्टफोनहरू नियो १० र नियो १०प्रो सार्वजनिक गर्ने तयारी गरेको छ । गिकबेन्च लिस्टिङ अनुसार, नियो १० मा स्न्यापड्रागन ८ जेन ३ चिपसेट र नियो १० प्रोमा डाइमेंसिटी १४०० चिपसेट हुनेछ । दुबै फोनमा १६ जीबी र्याम, ६.७८ इन्च ओलेड डिस्प्ले, ६,१०० मिलिएम्पियर ब्याट्री, र १२० वाटको फास्ट चार्जिङ समर्थन हुनेछ । यी दुई नयाँ स्मार्टफोनहरूमा १.५के रिजोलुसन, १४४ हट्र्ज रिफ्रेस रेट, र क्यू२ सुपरकम्प्युटिङ चिप हुनेछ, जसले गेमिङ अनुभवलाई थप उत्कृष्ट बनाउनेछ । क्यामेरा सेटअपमा, आईकु नियो १० मा ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल क्यामेरा सेटअप हुनेछ, जबकि प्रो भर्सनमा ५० मेगापिक्सेल ५० मेगापिक्सेल डुअल क्यामेरा सिस्टम समावेश हुनेछ । सुरक्षाको लागि, आईकु नियो १० मा अप्टिकल इन स्क्रिन फिंगरप्रिन्ट सेन्सर र आईकु नियो १० प्रोमा अल्ट्रासोनिक इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहनेछ । स्टोरेज र मेमोरीका लागि, यी फोनहरूमा १६ जीबी एलपीडीडीआर५एक्स र्याम र १ टिबी युएफएस ४.० स्टोरेजको विकल्प रहनेछ । यी फोनहरू विशेषत गेमिङ र उच्च प्रदर्शन चाहने प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ । एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा चल्ने यी फोनहरू चीनमा यसै महिनाको अन्त्यतिर सार्वजनिक हुने र अन्य अन्तर्राष्ट्रिय बजारहरूमा चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार