सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलमा यति बेला खानेपानीको हाहाकार नै छ । गत असोज दोस्रो साता आएको बाढी–पहिरोका कारण पानीका मुहानलाई ध्वस्त पारेपछि धापाखेल २४ नं. वडाका वडावासी खानेपानी समस्याबाट पिरोलिएका छन् । धापाखोलको खानेपानीको समस्यालाई लिएर वडाअध्यक्ष दिनेश जंग पाण्डे नेतृत्वको एक टोलीले आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका प्रमुख इन्जिनियर इला भट्टसँग छलफल गरेको छ ।
छलफलमा केयुकेलका कर्मचारीसहित वडा कार्यालयका तर्फबाट वडाअध्यक्ष दिनेश जंग पाण्डे, ललितपुर महानगर कार्यपालिका सदस्य रामशरण पहेली, वडासदस्य हरिकृष्ण महर्जन, वडा सल्लाहकार, पुरुषोत्तम पौडेल, नेकपा एमाले वडा कमिटिका अध्यक्ष किरण श्रेष्ठ, महेश गिरी, मनोज महर्जन, रोशन पहेली तथा सञ्चारकर्मीसहितको टोली सहभागी भएको थियो । वडाअध्यक्ष पाण्डे नेतृत्वको टोलीले धापाखेलमा खानेपानीको समस्या विकराल बनेको जानकारी दिँदै छिटो समस्याको समाधान निकाल्न कार्यालय प्रमुख भट्टसँग आग्रह गरेको थियो । छलफलमा वडाअध्यक्ष दिनेश जंग पाण्डेले मेलम्चीको पानी महानगलका अन्य वडाले उपयोग गरिरहे पनि आफ्नो वडामा मेलम्चीको पानी वितरण नहुँदा समस्या भइरहेको अवगत गराउनु भएको थियो । केयुकेलले धाराबाट सहजै पानी उपलव्ध गराउने अवस्था नभएकोले ट्याङकरबाट पानी वितरण गरिरहेको कार्यको सरहना गर्नुभयो । उहाँले मेलम्चीको पानी धापाखेलसम्म वितरणका लागि वैकल्पिक उपायका बारेमा सोच्न पनि कार्यलय प्रमुख भट्टलाई आग्रह गर्नुभयो । खानेपानी कार्यालयका प्रमुम भट्टले धाराबाट पानी वितरण कार्य तत्काल नहुने अवस्था देखेकै कारण ट्याङ्करबाट पानी वितरण गरिएको जनाउँदै यसमा वडा कार्यालयले समन्वय गरिदिन आग्रह गर्नुभयो । ‘हामीले ट्याङ्करबाट पानी पठाइरहेका छौं, त्यसमा वडा कार्यालयले समन्य गरी वितरणको व्यवस्था मिलाइदिनुहोला । अहिलेसम्म त समन्वय भइ रहेकै छ ।’ कार्यालय प्रमुख भट्टले भन्नुभयो, मेलाम्चीबो पानी सुनाकोठी बाङ्गेधारासम्म आएकोले त्यसबाट धापाखोलसम्म ल्याउने विषयमा वैकल्पिक उपाय के हुन सक्छ त्यसबारे कार्यालयले स्थलगत निरीक्षण गर्ने प्रतिवद्धता जनाउनु भएको छ । वडासदस्य हरिकृष्ण महर्जनले दिपमाला स्कुलपूर्व तर्फको बाटोबाट धापाखेलतर्फ करिब ३ सय मिटर पाइप विच्छ्याउन सके मेलम्चीको पानी धापाखेलमा उपलव्ध हुने जनाउनुभयो ।