मन्त्री यादवले भने, ‘मन्त्रालयको नाम फेरिने प्रक्रियामा छ’

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन प्रक्रिया अगाडि बढेको बताएका छन् ।  मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन लागिएको जानकारी दिए ।  मन्त्रालय वा खानेपानीलाई निजी कम्पनीहरुको ग्याङले चलाउने गरेको उनको भनाई थियो । उनले भने, ‘यहाँ निजी कम्पनीहरुको नै चल्ती छ । अरु कसैको छैन । उनीहरुको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ । अवस्था त्यस्तो छ । हामीलाई धेरै झन्झटिलो कानुनले गर्दा पनि समस्या भइरहेको छ ।’ 
Photo-(1)-(19)-1732032192.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार