घट्न थाल्यो काठमाडौंको तापक्रम,  बढ्न थाल्यो चिसो

बुधबार, मंसिर ५, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो । काठमाडौं मात्रै नभैइ  देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार