पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

बुधबार, मंसिर ५, २०८१

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो । जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार