विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलद्धारा बाल क्यान्सर निःशुल्क सेवाको शुभारम्भ

बुधबार, मंसिर ५, २०८१

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ ।  बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर नि:शुल्क सेवाको सुभारम्भ गरिएको हो । 
उद्घाटनपछि मन्त्री पौडेलले, १४ वर्ष मुनिका क्यान्सर बिरामीहरुको उपचारमात्र निःशुल्क नभई औषधि समेत निःशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए ।  अहिलेसम्म औषधि समेत निःशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको उनले बताए ।  उनले भने, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पताल भन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निःशुल्क र औषधिमा पनि निःशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधि समेत निःशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले यो भन्दा अगाडि घोषणा गरेको छैन् । हामीले तयारीका साथ यो घोषणा गरेका छौं ।’  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्ष मुनिका क्यान्सर बिरामीहरुलाई मंसिर २ गते देखि निःशुल्क उपचार सेवा सुरु गरिसकेको छ । 

Photo-(2)-(18)-1732110198.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार