मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह

शनिबार, मंसिर ८, २०८१

काठमाडौं ।  उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् । शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सुमधुर हुने बताएका हुन् । उनले भने, ‘ मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध समधुर हुन्छ । हामी यसरी नै  मित्र राष्ट्रहरुसँग सम्बन्ध सधैं अगाडि बढाउन चाहन्छौं । ’ साथै उनले क्षेत्रपाटी अस्पतालले १३ वर्षसम्म यो क्षेत्रका टोलबासीहरुलाई गौरवको महशुस गराएका समेत बताए 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार