उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको सिफारिस

आइतबार, मंसिर ९, २०८१

=काठमाडौं ।  निर्वाचन आयोगले आसन्न उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन मतदान हुने.स्थानीय तहमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई सिफारिश गरेको हो ।  '२०८१ मंसिर १६ गते आइतबार मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने', आयोगको निर्णयमा भनिएको छ । यस्तै मतदानस्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठादन वा अन्य सार्वजनिकस्थलहरू मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिने आयोगले निर्णय गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अन्य प्रतिष्ठातनहरूलाई आह्वान गर्ने पनि आयोगले निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार