सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको हो । सामाजिक सेवा मुलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्दधन गर्ने उद्देश्य राखेको छ । साथै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउनेछ । प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष उपाध्यक्ष निर्वाचित साथै संचालक सदस्यहरुको उपस्थिति थियो । नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालयको उद्घाटन जापानी दुतावासका मिशन उप–प्रमुख तामुरा ताकाहिरोले गरेका थिए । यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने जनाएको छ । सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले रु. १०,००० शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन् । संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानूनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ । चेम्बरको कोष सदस्यता शुल्क, अनुदान, तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ । कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिनेछ । नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ, नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले सहकार्यका लागि अपिलसमेत गरेको छ ।