निगमका पाइलटको हडतालका कारण यात्रु अलपत्र 

आइतबार, मंसिर ९, २०८१

काठमाडौं । करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुको हडतालका कारण उडान प्रभावित भएको छ । केही दिनदेखि पाइलटहरुले हडताल गर्दै आएका छन् । शुक्रबारयता दर्जनौं उडान प्रभावित भइसकेका छन् । काठमाडौंबाट भारतको मुम्बई जान टिकट लिएका १ सय ४९ यात्रु आइतबारको उडान नहुँदा अलपत्र परे ।  उनीहरूले नेपाल वायुसेवा निगमको न्यरोबडी जहाजको टिकट लिएका थिए । 
आन्दोलनलाई थप प्रभावकारी बनाउन न्यरोबडी र वाइडबीका कम्तीमा १२ जना पाइलटले बिरामी बिदा लिएर बसेका छन् । पाइलटहरुले पर्यटन मन्त्री बद्री पाण्डेलाई ज्ञापन पत्र पनि बुझाएका थिए ।  यसअघि असोज दोस्रो साता ४५ वर्ष उमेरहदलाई ५० वर्ष पुराउनुपर्ने माग राख्दै निगमका केही क्याबिन क्रूले आन्दोलन गरेका थिए । त्यो आन्दोलनमा हजारौं यात्रु अलपत्र परेका थिए । अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध भए पनि निगमको उक्त आन्दोलनले करोडौं रुपैयाको ब्ययभार थपिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार