सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १ सय ३७ घर परिवारका स्थानीय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन् । खानेपानीको समस्यालाई समाधान गर्दै सोरु गाउँपालिकाको सहजीकरण ,ब्याक टु लाईफ ई।भी। र्जमनीको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्र मुगुको प्राविधिक सहयोग तथा साझोदारीमा सन्चालन स्वास्थ्य शिक्षा तथा समुदायमा प्रवर्धन परियोजनामा मार्फत स्थानीय नागरिकहरुले एक घर एक धारा खानेपानी पाएका हुन् । ख्याल्च, सिरुपाट, गोयलपानी गाँउमा बस्दै आएका १ सय ३७ घर परिवारका स्थानीयवासीहरु जन्मजातदेखि खोलाको पानि खाँदै आईरहेका थिए । हिउँदमा धुलो बर्खामा हिलो संगही गाँउदेखि आधा घण्टा टाढा रहेको खोला, नाउला, पहराको पानी खाँदै आएको स्थानीयवासीलाई निकै दुख भएको स्थानीय छिता बुढाले बताईन् । उनले भनिन्, ‘यही खोला, नाउलाको पानी खाँदा धेरै रोगले अकालमा धेरै जनाको ज्यान जाने गएको थियो, नियमित सरसफाईका त कुरै पर जाउन्, दैनिक घरमा खाने पानी ल्याउन बस्तु भाउलाई पानी खुवाउँदै हामी महिलाहरुको आधा जिन्दजी पानीको जोहो गर्दै गइरहेको थियो । अहिले स्थानीय सरकार संघ सस्थाको पहलमा घरघरमा खानेपानीका धारा पाउँदा समयको बचत हुने, नियमित सरसफाई गर्नुका साथैं तरकारी खेती गर्न पनि सहज भएको छ । बिगतका खानेपानीको दैनिक सबै पिरले हटेपछि हिजो आज सहज रुपमा खानेपानीका धारा चौबिसैं घण्टा प्रयोग गर्न पाउँदा निकै खुसी भएको छ ।’ साथै सोरु गाँउपालिका मुगुको वडा नम्बर ७ मा रहेको ख्याल्च खानेपानी आयोजनाको कुल लागत ३६ लाख ४५ हजार ७५ रुपैयाँ , सिरुपाटा खानेपानी आयोजनाको कुल लागत ३२ लाख ८७ हजार ९ सय ३५ रुपैयाँ, गोयलपानी खानेपानी आयोजनाको कुल लागत ३८ लाख ८६ हजार ९ सय ३५ रुपैयाँ गरी जम्मा १ करोड ८ लाख १९ हजार ९ सय ४५ रुपैयाँको लगानीमा ख्याल्चा गाँउका ७५ घर, सिरुपाटा २२ घर र गयालपानीका ३५ घर गरी जम्मा १ सय ३५ घरमा सुरक्षित खानेपानीको धारा निमार्ण गरी हस्तान्तरण गरिएको हो । यो खानेपानी आयोजना घरघरमा खानेपानीको धारा बनेर मात्र नभैइ यसको संरक्षणमा स्थानीयवासिहरुले बढी ध्यान दिएर दिगो राख्नुपर्ने सोरु गाँउपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।