प्रधानमन्त्रीले बोलाए परामर्श  बैठक

सोमबार, मंसिर १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने परामर्श बैठकमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरु र परराष्ट्र मन्त्रालयसँग छलफल हुन लागेको हो । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार