धितोपत्र बोर्डका अध्यक्षले लिए शपथ 

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।  मंगलबार साँझ अर्थमन्त्री बिष्णु पौडेलले  नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएसँग पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि श्रेष्ठले लगानीकर्ताको सुरक्षाको लागि काम गर्नु नै प्राथमिकताको कु्रा भएको बताए ।  उनले भने, ‘बजार बिस्तारका लागि अवसरहरु धेरै छन । हामीले यहाँको क्यापिटल मार्केटको पूर्ण रुपले सदुपयोग गरेकै छैनौ । प्रोडक्ट्सकै हिसाबले हेर्दा पनि धेरै नै प्रोडक्ट्सहरु उपलब्ध छन । पूजीँ बजारको सिद्धान्तबाट हेर्दा आर्थिक विकासमा यसलाई मजाले प्रयोग गर्न सकिन्छ  भन्ने कुरामा मेरो ध्यान जान्छ । अनि अहिलेलाई लगानीकर्ताको सुरक्षा नै पहिलो प्राथमिकता हो ।’ अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका नव नियुक्त अध्यक्षले बोर्ड गएर कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । धितोपत्र बोर्डले एघार महिनापछि अध्यक्ष पाएको हो । 

Photo-(9)-(6)-1732631703.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार