बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई विद्युत् प्राधिकरणको पत्र

बुधबार, मंसिर १२, २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरेका हुन् । घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् । आयोगले उद्योगको लाइन काट्नबाहेक अन्य दबाबमूलक कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

NEA-1732712664.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार