धापाखेल मूल सडक स्तरोन्नति–विस्तारका लागि धमाधम पर्खाल लगाउन सुरु (फोटोफिचर)

बुधबार, मंसिर १२, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलले मूल सडक विस्तार–स्तरोन्नतिका लागि सीमाङकन गरेको क्षेत्रमा धमाधम पर्खाल लगाउन सुरु गरेको छ । केही दिनअघि वडा कार्यालयले सडकको दायाँ बायाँ सीमाङकन गरी चिह्न लगाएको थियो । सीमाङकन गरिएका क्षेत्रमा वडावासीले स्वतस्फुर्त रुपमा पर्खाल भत्काउन अग्रसरता देखाइरहेका वडाअध्यक्ष दिनेश जंग पाण्डेले जानकारी दिनुभयो ।  

dha-1732717575.jpg
धापाखेलको मूल सडक सुधार तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १ करोड तथा संघीय सरकारकै सहरी विकास मन्त्रालयबाट थप १ करोड ५३ लाख बजेट प्राप्त भएको छ । विस्तार–स्तरोन्नतिका लागि सीमाङकन गर्दा मूल सडकको लम्बाई १४ मिटर कायम गर्दै नापजाँच गरिएको थियो । नापजाँच गर्दा पुरानो पीचलाई आधार मानिएको छ । पुरानो पिचको मध्य भागलाई आधार मानेर त्यसको दायाँबायाँ बराबर भूभाग लिइएको छ । मूल सडक विस्तार–स्तरोन्नति गर्दा १० मिटर कालोपत्रे गरिने छ ।  बाँकी रहेको ४ मिटरको क्षेत्रफलमा नाला तथा फुटपाथ रहने छ । धापाखेल वडा नं. २४ मा मूल सडकको लम्बाई करिब अढाई किलोमिटर रहेको छ । 

Dozar-1732717572.jpg
hari-1732717571.jpg
WhatsApp-Image-2024-11-27-at-20.02.21-(1)-1732717620.jpeg
WhatsApp-Image-2024-11-27-at-20.02.20-1732717622.jpeg
WhatsApp-Image-2024-11-27-at-20.02.21-1732717622.jpeg
WhatsApp-Image-2024-11-27-at-20.02.15-1732717629.jpeg
wa-1732717630.jpg
Khandia-1732717638.jpg
WhatsApp-Image-2024-11-27-at-20.02.21-1732717622.jpeg
Manoj-1732717643.jpg
Bhatkaudia-1732717643.jpg
Nap-1732717649.jpg
Dozar-1732717649.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार