प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, सरकारी भ्रमण टोली ३९ सदस्यीय

बिहीबार, मंसिर १३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री ओलीले यही १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने तय भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणबारे मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबारकै बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ । निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार