रवि लामिछानेको रिहाईको माग गर्दै  रास्वपाले गर्‍यो माइतीघरमा प्रदर्शन

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन् । पार्टीका सदस्य  हरि ढकालले  २८ दिनपछि रवि लामिछाने आफूलाई  लागेको धुलो टकटक्याएर बाहिर आउने बताएका छन् । उनले नेपालको इतिहासमा अनुसन्धानको शैलीलाई रविले कसरी सघाए त्यो दर्ज हुने बताए । उनले भने, ‘२८ दिनपछाडि रवि लामिछाने आफूलाई लागेको धुलो टकटक्याएर बाहिर आउनु हुन्छ । उच्च स्रोत भनेर भनिएको छ तर त्यो उच्च स्रोतले यस्तो  भन्यो उस्तो भन्यो  भनेर  भन्न छोडिदिए हुन्छ । उच्च स्रोत एउटा भ्रम भयो । २८ दिनमा ईतिहासमा दर्ज हुने गरी दुईवटा घटना भयो ।  अनुसन्धानलाई  कसरी सघाउनुपर्छ भन्ने विरलै हुने घटना हो र  अर्को रविले अनुसन्धानको शैलीलाई कसरी सघाए त्यो दर्ज हुन्छ ।’ केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । पार्टीको औपचारिक निर्णयमा भने सडक प्रदर्शन नगर्ने निर्णय गरिएको छ ।
Photo-(7)-(12)-1732892545.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार