सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल (ललितपुर) । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशै भरी जारी छ । लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्ष : महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको छ । यो १६ दिनको अवधिमा नेपालमा सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गरी मनाउने गरेका छन् । ललितपुर महानगरपालिकाले पनि गत सोमबार आफ्नो मुख्यालय प्रवेशद्धारमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रम सुरु गरेको थियो । महानगर मुख्यालयको प्राङगणबाट सुरु भएको यो अभियान अहिले वडा तहमा पनि विविध कार्यक्रम सहित जारी छ । यसै सन्दर्भमा ललितपुर महानगरपालिका १४ नं. वडा कार्याल पनि हिजो शुक्रबार प्रभातफेरी तथा सडक नाटक प्रदर्शनसहित अभियानमा सहभागी भएको छ । वडा कार्यालय भवन रहेको स्थल तिखिदेवबाट सुरु भएको प्रभातफेरि महालक्ष्मी चोक, ताल्छिखेल, विशाल चोक हुँदै नखिपोट कभर्ड हलमा आएर सभामा परिण भएको थियो ।
कभर्ड हलमा आफन्त नेपाल नामक गैर सरकारी संस्थाले महिला हिंसा, यौन हिंसाविरुद्धको जनचेतनामूलक सन्देश बोकेको सडक नाटक प्रर्दशन गरेको थियो । प्रभातफेरीमा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ललिपतुर प्रहरी प्रमुख एसएसपी शेखर खनाल, ललितपुर महानगर १४ नं वडा का वडाअध्यक्ष अमृतजंग महत, वडा सदस्य सहनशीला कार्की, संगिता अछामी, सनत कार्की, वडासचिव सुलोचना लुइँटेलसहित वडाका कर्मचारी, स्वास्थ्य कार्यालयका कर्मचारी तथा स्वयम सेवक, महिला समूहका पदाधिकारी, टोलवासी विभिन्न विद्यालयका विद्यार्थीसहित २५० जनाको सहभागिता रहेको थियो । ललितपुर महानगरपालिका वडा नं. १४, जिल्ला प्रहरी परिसर जाउलाखेल, सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल र आफन्त नेपाल संस्थाको समन्वय तथा आयोजना कार्यक्रम सम्पन्न भएको हो ।
नखिपोट कभर्ड हलमा आयोजित संक्षिप्त समारोहमा वक्ताहरुले हिंसा प्रभावित महिलाहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए । नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको वक्ताहरुको धारणा रहेको थियो । अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जस्ता स्लोगान अंकित प्लेकार्ड बोकेर समाजको ध्यानाकर्षण गराइएको छ ।
र्थिक तथा राजनीतिक हिंसा मुख्य रहेका छन् । प्रभातफेरीपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन सबै पक्ष सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले लैंगिक हिंसा अहिले पनि जारी रहेको भन्दै न्यूनीकरणका लागि सबै वर्ग सचेत हुनुपर्नेमा जोड दिनुभयो । वडासचिव सुलोचना लुइँटेलले सञ्चालन गरेको कार्ययक्रका सभपाति एवम् १४ नं. वडाका वडाअध्यक्ष अमृतजंग महतले लैंगिक हिंसा अन्त्यका लागि समाजका सबै बर्ग एक जुट हुनुपर्नेमा जोड दिँदै आफू नेतृत्वको वडाले महिला सशक्तिकरणका लागि कार्यक्रम तथा योजनाहरु प्रशस्तै ल्याएको जानकारी दिनुभयो ।