चीन भ्रमणका विषयमा राष्ट्रपतिलाई प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले गराए अवगत 

शनिबार, मंसिर १५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्रीको आसन्त चीन भ्रमणबारे अवगत गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।  भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीसँगै परराष्ट्र मन्त्री आरज़ु देउवा पनि भेटवार्तामा  सहभागी थिइन् । भेटका अवसरमा परराष्ट्र मन्त्री देउवाले आफुले गरेको चीन  भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् । पर्सि मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार