बढ्यो पेट्रोलियम पदार्थको मूल्य र हवाइ इन्धनको मूल्यमा पनि वृद्धि

आइतबार, मंसिर १६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले हिजाे राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि भएको हो । अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र अन्य क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ।  त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ र अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार