सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताएका छन् । आइतबार एचआइभी एड्स संक्रमित अध्ययन प्रतिबेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले एचआइभी संक्रमितमैत्री समाजको लागि नेपालमा पहिला कानून बनाएर ऐनहरु लागू गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘एचआइभी संक्रमितमैत्री प्रशासन र समाजको निर्माण गर्नु आवश्यक्ता छ । एचआइभी संक्रमितमैत्री समाज भयो भने संक्रमितहरुले बाच्ने आधार पाउँछन् । संक्रमितहरुले दिनदिनै वा दिनैपिच्छे पीडा पाउनु भन्दा संक्रमितमैत्री समाज बनाउन सके सजिलो हुन्छ ।’ साथै उनले संक्रमित भएकाहरुलाई पीडाबोध गर्न नहुने बताए । उनले पीडाबोध नहुनुलाई त्यहीँ अनुसारको कानून ऐन, व्यवहार र चेतना जोगाउने कामहरु गर्नुपर्ने बताए ।