सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो । सोमबार, सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ । यस दिन ३१४ स्टकको १ लाख ३ हजार ४८१ पटकको कारोबार १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको भएको छ । २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढ्यो, भने नेपाल फाइनान्सको शेयरमूल्य ८.७२ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जुन आजको उच्चतम कारोबार हो । १३ उपसमूहमध्ये ९ उपसमूहमाको परिसूचक बढ्यो । व्यापार उपसमूहमाको परिसूचक ९.७० प्रतिशतले बढेको छ ।