२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

सोमबार, मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो । उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । सेवाग्राहीबाट लिइसकेको २५ हजार रुपैयाँ नगदसहित उनलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए । सवारीसाधन आवत-जावतमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनलाई पक्राउ गर्न गएको थियो ।

५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ

प्रहरीले सुनसरीबाट काँगासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ का २१ वर्षीय सुनिल राई रहेका छन् ।   उनलाई सोमबार बिहान इनरुवाबाट लौकहीतर्फ मोटरसाइकलमा गइरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा टोलबाट अवैध लागुऔषध गाँजा करिब ५८ किलो ३ सय ग्रामसहित मोटरसाइकलमा गइरहेको अवस्थामा राई पक्राउ परेका थिए । प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्ना साथ  मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरू भाग्न खोजेका थिए । मोटरसाइकलमा सवार राईलाई भने उक्त परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको छ। अर्का व्यक्ति भने फरार छन् । प्रहरीले मोटरसाइकलसहित फरार भएका चालकको खोजी गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार