सुनचाँदीको मूल्य बढ्यो

बुधबार, मंसिर १९, २०८१
Global Ime Bank

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार